होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • प्रेस युनियनद्धारा स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण
समाज

प्रेस युनियनद्धारा स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

  • नागरिक रैबार
प्रेस युनियनद्धारा स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

नागरिक रैबार/बाजुरा १३ जेठ।नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

युनियनको ३२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारारत रहेका विरामीहरुको स्वास्थ्य लाभको कामनासहित उनिहरुलाई फलफुल वितरण गरेर दिवस मनाइएको प्रेस युनियन जिल्ला अध्यक्ष प्रेम रौलेले बताएका छन ।

दिवसको अवसरमा आज विहान जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गर्न नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, काँग्रेस बाजुराकी प्रवक्ता रमा कुमारी रावल, प्रेस युनियन जिल्ला अध्यक्ष प्रेम रौले, सचिव प्रसान्तराज जोशी, नेपाल प्रेस युनियनका पुर्व केन्दिय सदस्य दयाराम पण्डित, नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंह, प्रेस चौतारी सुदूरपश्चि प्रदेश सदस्य लक्ष्मीराज पाध्याय, नेपाल प्रेस युनियन सुदूरपश्चि प्रदेश सचिव राजेन्द्र रोकाया लगायत युनियनमा आवद्ध पत्रकार र काँग्रेस समर्थक नेता तथा कार्यकर्ता सहभागि भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै