होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुन प्रकरणमा संसदमा एमालेको पछि लाग्दैनौं : रास्वपा
समाचार

सुन प्रकरणमा संसदमा एमालेको पछि लाग्दैनौं : रास्वपा

  • नागरिक रैबार
सुन प्रकरणमा संसदमा एमालेको पछि लाग्दैनौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ ।

‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ । संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी छ ।

तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो । ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि लाग्दैन्,’ प्रमुख सचेतक परियारले भने ।

विज्ञापन

रास्वपाको पनि संसदीय दलको बैठक बस्दैछ । मंगलबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो । संसदमा उठाउनुपर्ने विषय र खेल्नुपर्ने भूमिकाका विषयमा संसदीय दलको बैठकमा छलफल हुने तर अन्य प्रतिपक्षी दलहरुले जे जस्ता विषय उठाउँछन् त्यसमा समर्थन जनाएर जाने भन्ने नहुने रास्वपाका नेताहरु बताउँछन् । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै