नागरिक रैबार/बाजुरा १२ माघ। बाजुराकाे हिमाली गाउँपालिकाकाे विच्छ्याँलाई केन्द्र विन्दु बनाएर मंगलबार गएकाे भुकुम्पका कारण गाैमुल गाउँपालिका २ कि ३२ वर्षकी जमुना राेकायाकाे मृत्यु भएकाे थियाे भने ३ जना घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका २ कि ४५ वर्षकी चन्द्रा महत, गाैमुल २ का राजदल बाेहरा र हिमालीकी सरिता नेपाली रहेकी छन् । त्यस्तै भुकुम्पकै कारण गाैमुलमा ३५ पशुचाैपाया मरेका छन् । जिल्ला दैविक प्रकाेप उद्वार समितिले सार्वजनिक गरेकाे विवरण यस्ताे छ ।
फेसबुक प्रतिक्रियाहरु