काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।
यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् । यादव र कुशवाहबीचको मतअन्तर ४ हजार ४२६ छ ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले १९४१ मत पाएका छन् ।आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन् ।
फेसबुक प्रतिक्रियाहरु