काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटालीको रोममा सात देशमा रहेका नेपाली प्रतिनिधिहरुलाई भेटेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग सोमबार भेट गरेका हुन् । त्यसअवसरमा उनीहरुले नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा समेत देश बन्ने आशा र आत्मविश्वास जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिँदै आफुहरु साथमा रहने प्रतिवद्दता जनाए ।
भेटवार्तामा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरुको समस्या समाधान गर्न लागिपर्ने तथा देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको बताए । उनले ठुला ठुला भ्रष्टाचार र तस्करीलाई कार्बाही गर्न सरकारले अठोट लिएकोले राष्ट्र निर्माणमा विदेशमा रहेका नेपालीहरुको समेत साथ आवश्यक रहेका बताएका छन् ।
सोमबार नै प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका छन् । राताेपाट बाट
फेसबुक प्रतिक्रियाहरु