होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै
राजनीति

राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

  • नागरिक रैबार
राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाण्डाै – राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्नेछ । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन दुई दिनको समय दिइनेछ । आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । मतदानका लागि आउँदो १३ गते शनिबार मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ तथा प्रदेश सभामा ५ सय ५० मतदाता छन् । आयोगले २०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव हुने तालिका छ ।राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न तीन दिनमात्रै बाँकी रहँदा शीर्ष नेताहरुको दौडधुप भने बढेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमालेसहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने गरी चर्चा र छलफल अगाडि बढेको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ । कांग्रेस भने विगतको पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति आफूले लिन प्रयासरत छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार