होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीसँग एकीकृत समाजवादीका नेता श्रेष्ठको भेटवार्ता
समाचार

ओलीसँग एकीकृत समाजवादीका नेता श्रेष्ठको भेटवार्ता

  • नागरिक रैबार
ओलीसँग एकीकृत समाजवादीका नेता श्रेष्ठको भेटवार्ता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छुट्टाछुट्टै संवाद थालेका छन् ।

राष्ट्रपति निर्वाचन पेचिलो भइरहेका बेला ओलीले एकीकृत समाजवादीका नेतासँग छुट्टाछुट्टै संवाद थालेका हुन् ।अध्यक्ष ओलीले मंगलबार नेकपा एकीकृतका सांसद तथा पूर्वमन्त्री समेत रहेका किसान श्रेष्ठलाई बालकोटमै बोलाएर संवाद गरेका छन् ।

त्यसक्रममा उनले पार्टी एकताबारे धारणा बुझ्ने प्रयास गरेका छन् । सोमबारमात्रै ओलीले अध्यक्ष माधवकुमार नेपालसँग भेटेर राष्ट्रपतिको उम्मेदवार बन्न र पार्टी एकता गर्न प्रस्ताव राखेका थिए ।

ओलीसँगको भेटमा सांसद श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमतिमा ल्याउन सुझाव दिएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै