होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने
समाचार

भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने

  • नागरिक रैबार
भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने

धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार आइतवार बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आइतवार ६ घण्टा यातायात बन्द  गरिने भएको हो। भासिएको सडकमा तार जाली र ग्राभेल  हालिने भएको हो। वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो। उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। यातायातका साधन हिलोमा फस्न थालेकाले तार जाली र ग्राभेल हाल्न थालिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले बताएको छ।
साउन २२ गते रातिको वर्षापछिको पहिरोले राजमार्गमा पहिरो गएको थियो भने केही क्षेत्र भासिएको थियो। पाँच सय मिटर सडक भासिएकाले मर्मतमा समस्या हुने गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै