होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसदवादको विरोध गर्ने विप्लव कसरी समेटिए संसदवादीकै बाहुल्यता भएको मोर्चामा ?
समाचार

संसदवादको विरोध गर्ने विप्लव कसरी समेटिए संसदवादीकै बाहुल्यता भएको मोर्चामा ?

  • नागरिक रैबार
संसदवादको विरोध गर्ने विप्लव कसरी समेटिए संसदवादीकै बाहुल्यता भएको मोर्चामा ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संसदीय व्यवस्था मान्ने पार्टीहरु पहिलो पटक सहकार्य गर्दैछ । २०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएपछि विप्लवले पहिलो पटक संसदीय व्यवस्था मान्ने पार्टीसँग मोर्चाबन्दी गरेका हुन् ।

२०६९ सालमा माओवादीबाट अलग भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा विप्लव सचिवको जिम्मेवारीमा दिए । २०७१ सालमा वैद्यबाट अलग भई विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका हुन् । प्रचण्डबाट छुट्टिएपछि विप्लवले संसद बाहिर रहेका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेका थिए । स्मरण रहोस् कुनै बेला विप्लवले प्रचण्डलाई संशोधनवादीको संख्या दिँदै उनको आलोचना गर्न महापतन नामक पुस्तक समेत सार्वजिक गरेका थिए । तर, सोमबार विप्लवले संशोधनवादीको आरोप लगाउँदै आएका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग पहिलो पटक मोर्चाबन्दी गरेका हुन् ।

समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विप्लव आएपछि केही धुलोमैला जम्मा भएको सफा हुने बताए । ‘कमरेड विप्लवले नेतृत्व गरेको यो मोर्चा पनि सामेल भएको छ । यो राम्रो पक्ष हो । यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ,’ प्रचण्डले भने, ‘हामी पार्लियामेन्ट्री पोलिटिक्समा अलिबढी लागेकामा केही धुलोमैलो जम्मा भएको छ । सायद विप्लवजस्ता पार्टीहरुबाट हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाई लाग्छ ।’

विज्ञापन

विप्लव समाजवादी मोर्चामा सहभागी हुनुको दुरगामी महत्त्व रहेको प्रचण्डले दाबी गरे । प्रचण्डले यो अभिव्यक्तिले कतै विप्लव संसदवादमा छिर्न खोजेको हो कि भन्ने आशंका गर्नेलाई सहयोग पुगेको छ । कतिपयले विप्लव संसदीय व्यवस्था मान्नेगरी मोर्चामार्फत मुल धारको राजनीतिमा प्रवेश गर्न थालेको रुपमा अर्थ्याएका छन् ।

तत्काल माओवादी केन्द्रसंग एकता गरेर जाँदा पार्टीभित्रका नेता–कार्यकर्ता सम्हाल्न गाह्रो हुने भएकाले मोर्चामार्फत विप्लव जोडिन खोजेको बताइन्छ । मोर्चासँगको सहकार्यलाई विप्लवकै कतिपय नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् ।

विप्लवलाई मोर्चामा ल्याउन माओवादी प्रवक्ता कृष्णबहादुर महरा र उपमहासचिव जनार्दन शर्माले भूमिका खेलेका हुन् । पहिला महरा त्यसपछि शर्माले पहल गरेपछि विप्लव मोर्चामा जोडिएका हुन् । महराले विप्लवसँग पार्टी एकता गर्नेगरी छलफल अघि बढाएका थिए ।

तर, विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य सन्तोष बुढा मगरले संसदवाद मान्ने र नमान्ने दुवै समाजवादी मोर्चामा सहभागी भएको बताए । ‘समाजवादी मोर्चामा संसदवाद मान्ने र नमान्ने भन्ने कुरा छैन । यो व्यवस्थाको विकल्प समाजवाद हो । संसदीय व्यवस्था असफल भइसकेको छ,’ बुढाले भने, ‘अबको समाजवादबारे जनतालाई शिक्षा दिन मोर्चा बनाएको हो ।’

संसदवादको विकल्प जनताले खोज्न थालिसकेको बुढाले जिकिर गरे । गत वर्षको चुनावमा रास्वपा, राप्रपा लगायतका दलहरुको रोजाईबाट समेत जनताले विकल्प खोजेको उनको भनाइ छ । ‘यो व्यवस्थाभन्दा राजा नै ठिक, पञ्चायत नै ठिक भन्न थालिसके,’ बुढाले भने, ‘हामीले त्यता पछाडितिर फर्किने होइन, अगाडितिर जानुपर्छ भनेर मोर्चा बनाएका हौं । अगाडि जाने भनेको समाजवादी हो भन्ने हो ।’

मोर्चा बनाए पनि आ–आफ्ना पार्टीका सिद्धान्त, विचार र कार्यक्रम जारी रहने बुढाले बताए । ‘धेरैले मोर्चा गठनलाई पार्टी एकता भएको रुपमा बुझ्न थालेका छन् । खास हामीले पार्टी एकता गरेका होइनौं । पार्टी आफ्नै ठाउँमा रहन्छ,’ बुढाले भने, ‘एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद यथावत रहन्छ । हामी यो संविधान र संसदीय व्यवस्था मान्दैनौं ।’

यो मोर्चामा कम्युनिस्टमात्रै होइन अरु गैरकम्युनिस्ट पार्टीलाई समेत जोडेर बृहत् मोर्चा बनाउनुपर्ने बुढाले बताए । राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै