होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन
समाचार

बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन

  • नागरिक रैबार
बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन

५ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिवद्धता आइसकेकाले छलफल अघि बढाउने बताए ।

तर एमाले सांसद छविलाल विश्वकर्माले प्रदेशसभाले राखिसकेको नाम बजेट पुस्तिकामा नराख्नु संविधान विपरीत हुने बताए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रदेशको नाम छुटाउनु सरकारको गल्ती भएको बताए । तर सभामुखले रुलिङ गरिसकेपछि पनि आफूले भनेअनुसार नै रुलिङ हुनुपर्छ भनिरहने हो भने अर्कै ठाउँमा पुग्ने बताएपछि सभामुखले प्रतिनिधिसभा बैठक रोकेर दलका प्रतिनिधिको छुट्टै छलफल राखे ।

दलका प्रतिनिधिहरुसँग छलफल गरेपछि पुनः सुरु भएको संसद बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेश सभाबाट पारित प्रदेशको नाम छुटेको भए तत्काल सच्याउन निर्देशन दिए । अनलाइन खबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै