होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • चुनावमा गरेका बाचा ५ वर्षभित्र पुरा गर्छौः सांसद दानी
राजनीति

चुनावमा गरेका बाचा ५ वर्षभित्र पुरा गर्छौः सांसद दानी

  • नागरिक रैबार
चुनावमा गरेका बाचा ५ वर्षभित्र पुरा गर्छौः सांसद दानी

नागरिक रैबार/बाजुरा ८ फागुन।सुदूरपश्चिम प्रदेश सभाकी सांसद जुना कुमारी दानीले चुनावमा जनतासंग गरेका बाचा अवको पाँच वर्ष भित्र पुरा गर्ने गरी प्रदेशमा काम गर्ने बताएकी छन् ।

सोमबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसंगको परिचयात्मक तथा सुझाव सल्लाह कार्यक्रममा प्रदेश सांसद दानीले सो कुरा बताएकी हुन् ।

चुनावताका बेला गाउँ-गाउँमा गएर जनतालाई विकासका आश्वासन बाढ्यौं, जनताको आश्रिवादले नै आफु प्रदेश सासंद बनेकोले अव आफ्नो पाँच वर्षे कार्यकालमा यहाँका जनताका आवश्यकता पुरा गर्ने गरी कटिवद्ध भएर लाग्ने सांसद दानीले भनिन् ।

विज्ञापन

प्रदेश देखि संघीय संसदमा हामी पाँच जना सांसद छौं, बाजुराको विकासका लागि हामी एकजुट भएर हाम्रो कार्यकालमा बाजुरालाई सधै गरिवी र पछाडी परेको जिल्लाको रुपमा परिचित हुन् नदिने गरि लागिरहने उनको भनाई छ ।

जिल्लाको विकासका सवालमा यहाँका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको समन्वयकारी भुमिका हुन् जरुरी रहेको उनको भनाई थियो ।

नेपाली काँग्रेसबाट समानुपातिक सांसद बनेकी दानी १ हप्तादेखि गृह जिल्ला बाजुराका विभिन्न कार्यक्रम तथा जनतासंग प्रत्येक्ष भेटघाटमा व्यस्त रहेकी छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कासहित अन्य सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार