होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
बडीमालिका

बडीमालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
बडीमालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्लाको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of text that says 'बडीमालिका नगरपालिका बाजुराको आ.व. २०७५/० को अर्धवार्षिक तथा आ.व. २०७८/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम २०७९/११/०८ गते मार्तडी, बाजुरा सहजिकरण National Youth Federation Nepal Bajura आयोजक: बडीमालिका नगरपालिका मार्तडी, वाजुरा'

बडीमालिका नगरपालिकाको आयोजना र नेश्नल युथ फेडरेशन नेपाल बाजुराको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९मा नगरपालिकाले संचालन गरेका कामहरुको प्रभावकारीता र नगरमा सम्पन्न भएका क्रियाकलापहरुको बारेमा जानकारी गराईएको थियो ।

विज्ञापन

No description available.

नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

नगरपालिकाले वर्षभरी गरेका योजना तथा नगरपालिका मातहतका वडा कार्यालयबाट प्रदान गरिएका सेवाहरुको पादर्शीता सुनिश्चीत गर्नका लागी नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने प्रमुख प्रशासकीय अधिकृत विकले बताएका छन् ।May be an image of 9 people, people sitting, people standing and indoor

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको सहजीकरण नेशनल युथ फेडरेशन नेपाल बाजुराका मदन राज जोशीले गरेका थिए ।

कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा नगरस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधी , स्थानीय र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

No description available.

कार्यक्रमका सहभागीले नगरपालिकाको समग्र विकासका लागी निरन्तर लाग्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए । भने नगरपालिका मातहतका शाखाहरु स्वास्थ्य, शिक्षा, महिला तथा बालवालिका, कृषि, पशु सेवा शाखा लगायतका कामहरुमा उल्लेख्य प्रगति किन नभएको भन्दै प्रश्न समेत गरेका थिए ।

May be an image of text

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार