होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाईं
समाचार

२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाईं

  • नागरिक रैबार
२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाईं

भैरहवा – व्यवसायी दुर्गा प्रसाईंले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईंले भैरहवामा सम्बोधन गर्दे एक करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए।देशमा भएका युवामध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवा माानसिक तनावका कारण पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनको भनाइ छ ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगतिविरुद्ध सशक्त ढंगले आवाज उठाउँदै सो अभियान जारी राख्ने उनले जानकारी दिए।

विज्ञापन

उनले देशका व्यवसायी आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन माग गरेका छन्।आम नागरिकलाई गणतन्त्र नलागेको तर व्यापारी र नेताहरुलाई गणतन्त्र लागेको भन्दै प्रसाईंले दलाल, माफिया सामान्तीले देश सक्ने लागेको आरोप लगाएका छन्। उनले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउँदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताए।

‘हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत ब्याजदर, लघुवित्त र सहकारी बन्द लगायतको माग रहेको छ’, उनले भने।संसारमै नभएको कर नेपालमा रहेको उल्लेख गर्दै उनले उद्योग वाणिज्य संघ पनि पीडितको पक्षमा नआएको आरोप लगाए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै