होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाही बाजुरा आउँदै
समाचार

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाही बाजुरा आउँदै

  • नागरिक रैबार
सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाही बाजुरा आउँदै

नागरिक रैबार/बाजुरा ८ फागुन। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश कुमार शाही गृह जिल्ला बाजुरा आउने भएका छन् ।
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्रीमा नियुक्त भएपछि शाही पहिलोपटक गृह जिल्ला बाजुरामा आउन लागेका हुन् ।मन्त्री शाही आज धनगढीबाट हवाइजहाज मार्फत कोल्टी आउने कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादी पार्टी बाजुराले बताएको छ ।

बाजुराको प्रदेश सभा (क) बाट निर्बाचित प्रदेश सभा सदस्य शाही नेकपा एकिकृत समाजबादी पाटीर्को जिल्ला कमिटिको बैठक, पेशागत महासघंको अधिबेशन र मार्तडी कोल्टी सडकको अनुगमन लगायतका कार्यक्रमहरुका लागि बाजुरा आउने कार्यक्रम रहेको नेकपा एकिकृत समाजबादी पार्टींले बताएको छ ।

सुदूरपश्चिममा एकिकृत समाजवादीबाट मन्त्री बनेका शाहीले केही दिन प्रदेश(क) का स्थानिय तहमा जनतासंग भेटघाट कार्यक्रम पश्चात प्रदेशबाट संचालीत योजनाहरुको अनुगमन संगै जिल्लामा हुन गईरहेको राष्ट्रपती रनिङ शिल्डको उद्धघाटन लगायतका कार्यक्रमहरु रहेको मन्त्री शाहीको निजी सचिवालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै