होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • समाजवादी मोर्चा घोषणा अघि बालुवाटारमा शीर्ष नेताको बैठक
समाज

समाजवादी मोर्चा घोषणा अघि बालुवाटारमा शीर्ष नेताको बैठक

  • नागरिक रैबार
समाजवादी मोर्चा घोषणा अघि बालुवाटारमा शीर्ष नेताको बैठक

काठमाडौँ । सत्तारुढ चार दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज समाजवादी मोर्चा नेपालको घोषणा हुने भएपछि चार दलका शीर्ष नेता बसेर छलफल गरिरहेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव विप्लव सहभागी छन् । माओवादीबाट महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरु बैठकमा सहभागी छन् ।

समाजवादी मोर्चाको अन्तिम हस्ताक्षर गर्न चार दलका शीर्ष नेताहरु बसेको बालुवाटार स्रोतले जनाएको छ । मोर्चालाई अन्तिम रुप दिएपछि दिउँसो ३ बजे राष्ट्रियसभामा घोषणासभा हुने भएको छ । तर, मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नसमेटिने भएको छ । वामदेव गौतमले भने एमालेमै फर्किने निर्णय गरी सकेका छन् । प्रभु साह नेतृत्वको आमजनता पार्टीले मोर्चामा सामेल नहुने बताइसकेको छ ।राताेपाटी बाट 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै