होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • समाजवादी मोर्चा गठनका लागि बालुवाटारमा बैठक
समाज

समाजवादी मोर्चा गठनका लागि बालुवाटारमा बैठक

  • नागरिक रैबार
समाजवादी मोर्चा गठनका लागि बालुवाटारमा बैठक
file photo

काठमाडौँ । समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

आगामी समाजवादी मोर्चा घोषणाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भइरहेको छ ।

समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल हुने बताएको छ । सोमबार वा मङ्गलवार समाजवादी मोर्चा घोषणा गर्न लागिएको बताइएको छ ।

विज्ञापन

समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादी प्रवक्ता कृष्णबहादुर महरा, जसपा नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।

रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि