होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • माथिल्लो कर्णाली जल तथा पर्यटन महाेत्सव सूरू, सांसद पाण्डेले गरे उद्घाटन
Breaking News

माथिल्लो कर्णाली जल तथा पर्यटन महाेत्सव सूरू, सांसद पाण्डेले गरे उद्घाटन

  • नागरिक रैबार
माथिल्लो कर्णाली जल तथा पर्यटन महाेत्सव सूरू, सांसद पाण्डेले गरे उद्घाटन

नागरिक रैबार
बाजुरा ४ बैशाख
माथिल्लाे कर्णाली तथा जल पर्यटन महाेत्सव आजबाट हिमाली गाउँपालिकाकाे धुलाचाैरमा सूरू भएकाे छ । महोत्सवको एक कार्यक्रमका विच बाजुराका प्रतिनिधी सभा सदस्य सांसद बर्दि पाण्डेले उद्धघाटन गरेका छन ।
हिमाली गाउँपालिका र स्वामिकार्तिक खापार गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकायकाे सहयाेगमा आजदेखी सुरु भएकाे महोत्सवकाे उद्धघाटन सांसद पाण्डेले गरेका हुन ।
आजबाट हिमाली गाउँपालिको केन्द्र धुलाचौर र स्वामिकात्र्तिक खापर गाउँपालिकाको कर्णालीको बगरमा महोत्सव आयाेजना गरिएकाे छ । हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द्र बहादुर मल्लकाे अध्यक्षतामा स‌चालन भएकाे महाेत्सव उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद तथा नेपाली काँग्रेसका सहमहामन्त्री बर्दि पाण्डे रहेका थिए ।
कर्णाली, पादुका, रानीसैन, बुढीनन्दा, पीलुचौर लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उदेश्य सहीत महोत्सव आयोजना गरिएको हिमाली गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।
आजबाट ४ गते देखि ७ गतेसम्म चार दिन माथिल्लो कर्णाली महोत्सव आयोजना गर्न लागिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए।
महोत्सवमा राष्ट्रिय स्तरको छवी बनाएका कलाकारहरू विनाेद बाजुराली, प्रकाश थापा, हर्क खडायत, राजेन्द्र शाह विपि,प्रभुराज पाण्डे, पविन्द्र सुनार, धर्मेन्द्र सुनाार, मिना खत्री लगायत स्थानीय कला झल्काउने विभिन्न प्रस्तुतिहरूका साथै स्थानीय उत्पादनको प्रर्दशनीसंगै कर्णाली र्याफ्टीङ लगायतका कार्यक्रम हुने भण्डारीले बताएका छन ।
जैविक कृर्षि गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकाश, कुण्डा क्षेत्रका नागरीकको समुन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ कुण्डा क्षेत्रमा पहिलाेपटक महोत्सवको आयोजना गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै