होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त
देश/प्रदेश

नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त

  • नागरिक रैबार
नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारले जोड दिँदै आएकोमा अहिले खलबलिन थालेको बताए ।

उनले हालै भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महांकालमा गएर पूजा गएको, प्रधानमन्त्री र मन्त्रीले गेरुवा बश्त्र धारण गरेपछि भारतका लागि नेपाली राजदूतले बिचारमा पनि गेरुवा वस्त्र धारण गरेको टिप्पणी गरे ।सांसद पन्तले एक दैनिक पत्रिकामा भारतस्थित राजदूत शङ्कर शर्माको अन्तर्वार्ता आएको बताउँदै सो अन्तर्वार्ता हेर्दा नेपालको परराष्ट्र नीति के हुन लागेको भन्ने प्रश्न खडा भएको बताए ।

सो अन्तरवार्तामा शर्माले घुमाएर हिन्दु राष्ट्र नेपालको वकालत गरेको र नेपालको धर्म निरपेक्षतामाथि प्रश्न खडा भएको टिप्पणी गरे । सांसद पन्तले राजदूत शर्माले हिन्दु राष्ट्र नेपालको वकालत गरेर संविधान विरोधी काम गरेको आरोप लगाए ।उनले सरकार हिन्दु राष्ट्रको पक्षमा हो कि हैन भन्दै त्यसबारे संसदमा प्रस्ट पार्न आग्रह गरे । साथै भारतले नयाँ संसद भवनमा राखेको विवादित नक्साका बारेमा सरकारको धारणा माग गरेका छन् । राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै