नागरिक रैबार/बाजुरा २८ साउन।जिल्लाको बुढीगगा नगरपालिकाले पालिका भित्रका कृषकहरुले उत्पादन गरेको तरकारी र बजारसम्म पुर्याउनका लागि कृषि एम्वुलेन्स खरिद गर्ने निणर्य गरेको छ ।
आज नगरपालिकामा बसेको २०८०/८१ को नगर कार्यपालिकाको पहिलो बैठकले नगरपालिकाका कृषकहरुको कृषि उपज सामाग्री संकलन तथा बजारिकरण गर्नका लागि कृषि एम्बुलेन्स खरिद गर्ने निणर्य गरेको नगरप्रवक्ता हेमराज जैशीलेब बताएका छन् ।
नगरप्रममु राम बहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकले ४ वटा निणर्यहरु गर्दै बैठक सम्पन्न भएको छ ।
जसमा कृषि एम्वुलेन्स खरिद सहित नगरपालिकाभित्र रहेको तटीय क्षेत्र नदिजन्य पदार्थ तथा सार्वजनिक क्षेत्रको माटो तथा ढुङ्गा उत्खलन, संकलन तथा ढुवानीमा रोकावट गर्ने, नगरपालिकामा संचालनमा रहेका पसल,उद्योगहरुको नियमित अनुगमन तथा नियमन गर्ने उच्च जोखिममा रहेका बस्तिहरुलाइ उपयुक्त सुरक्षित ठाउमा स्थानान्तरण तथा ब्यवस्थापन गर्ने निणर्य गरेको बुढीगंगा नगरपालिकाले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु