होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, एक दिन सार्वजनिक बिदा
समाचार

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, एक दिन सार्वजनिक बिदा

  • नागरिक रैबार
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, एक दिन सार्वजनिक बिदा

काठमाडौँ– सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।यस्तै, सरकारले नेम्वाङको दाहसंस्कारका दिन सार्वजनिक बिदा दिने भएको छ । नेम्वाङका छोराहरु विदेशमा रहेकाले नेपाल आएपछि जुनदिन अन्त्येष्टि हुन्छ सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ ।

विज्ञापन

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भोलि एमाले मुख्यालय च्यासलमा राखिने छ ।

२०५१ सालमा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए। यस्तै, पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
सूचना-प्रविधि
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि