काठमाडौँ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ। रौतहट निवासी विश्वकर्माको जावलाखेलस्थित अल्का अस्पतालमा मंगलबार बिहान हृदयाघातबाट निधन भएको स्रोतले जनाएको छ ।
उनको शव श्रद्धाञ्जलीको लागि मंगलबार केही बेर पार्टी कार्यालय आलोकनगरमा राखिने सो पार्टीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ ।
फेसबुक प्रतिक्रियाहरु