होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय बढीले सेवा लिए
Breaking News

बाजुरामा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय बढीले सेवा लिए

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय बढीले सेवा लिए

नागरिक रैबार/बाजुरा २९ माघ।जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा गोर्खा वेल्फेयर ट्रष्टको आयोजनामा संचालन गरिएको ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ५ सय बढी विरामीहरुले सेवा लिएका छन् ।

माघ २६ गते २८ सम्म ३ दिन संचालन गरिएको उक्त शिविरमा आँखा, कान र अपांगता सम्वन्धिका विरामीहरुको निःशुल्क उपचार गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दावा गुरुगंले बताएका छन् ।

उनका अनुसार शिविरमा आँखाका १ सय ५ जना, कानका ३ सय ३१ जना र अपाङ्गता भएका १ सय २४ जना गरी ५ सय ६० जनाले सेवा लिएका हुन् ।

विज्ञापन

शिविरमा अपाङगता नापजाँच, कतिम अङग तथा सहायक सामाग्री वितरण, आँखाको जाँच तथा मोतिया विन्दु अप्रेशन, कानको जाँच, निःशुल्क श्रवण यन्त्र वितरण तथा अप्रेशन गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको आयोजक संस्था गोर्खा वेल्फेयर ट्रष्टका जया लिम्बुले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार