होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • व्यक्तिगत घटना दर्ता सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
समाचार

व्यक्तिगत घटना दर्ता सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
व्यक्तिगत घटना दर्ता सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा २७ जेठ।व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा सम्पन्न भएको छ ।

बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरु संग अभिमुखीकरण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार बडीमालिका नगरपालिका वडा नम्मर ५ मना बाट सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् ।

विज्ञापन

कार्यक्रममा भविष्यमा वडाबाट हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्न छुटेका लक्षित बर्ग तथा नागरिकहरुलाई बिशेष प्राथमिकतामा राख्ने यो कार्यक्रमको मुुख्य उदेस्य रहेको जनाएको छ ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले अभिमुखीकरण कार्यक्रमले वडा तथा पालिकाबाट प्रदान हुने सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता का कामहरु कर्मचारी तथा जनप्रतिनिधिहरु अलमल पर्नु नपर्ने र छोटो समयमा सेवाग्राहिलाइ सहज ढंगले सेवा प्रदान गरिने बताएकी छन् ।

सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा वडाका स्थानीयहरुको जन गुनासोहरु माथि छलफल गर्दै सहज तरिकाले सेवा सुबिधा प्रदान गरिने उनले बताएकी हुन ।

त्यस्तै कार्यक्रममा ब्यक्तिगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रहेर घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु र समुदाय स्तरका नागरिकहरुसंग प्रश्नोत्तर सहित सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा प्रमख मोहनराज पण्डितले प्रशिक्षण गरेका थिए ।

बडिमालिका नगरपालिका वडा नम्मर ५ का वडा अध्यक्ष धर्मपाल मिजारको अध्यक्षतामा संचालन गरिएको अभिमुखिकरण कार्यक्रमको प्रमुख अथिती नगर उपप्रमुख नन्दा थापा रहेकी थिइन् । त्यस्तै कार्यक्रममा राजनितिक दलका प्रतिनिधी,स्थानिय,पत्रकारहरु लगाएत ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भने महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि