काठमाडौँ — प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक दलहरूका संसदीय दलका बैठकहरूका कारण पछि सारिएको हो ।
‘नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । उहाँहरूले ज्येष्ठ सदस्यलाई समय चाहियाे भन्नुभएको छ । त्यही भएर १ बजेका लागि सार्ने निर्णय भएको छ,’ प्रतिनिधिसभाका सचिव गाेपालनाथ याेगीले भने । कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ ।
मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ ।
फेसबुक प्रतिक्रियाहरु