होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो
देश/प्रदेश

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो

  • नागरिक रैबार
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो

टर्की र सीरियाको सीमा क्षेत्रमा गएको विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। अधिकारीहरुका अनुसार टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै सीरियामा मृत्यु हुनेको संख्या २ हजार ९ सय ९२ पुगेको छ । यी उद्धारको कार्य जारी रहेको र मृतकको संख्या बढ्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन्।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले उद्धारका विषयमा भइरहेको आलोचनापछि सरकारको बचाउ गरेका छन्। उनले यस प्रकारको आपतकालीन अवस्थाका लागि पूर्ण रुपमा तयार रहन सम्भव नभएको बताए।

आलोचकहरुले उद्धार र आपतकालीन सेवा सुस्त भएको र सरकारको पूर्व तयारी कत्ति पनि नदेखिएको बताएका छन्। भूकम्पले प्रभावित भएका क्षेत्रमा सडक पूर्वाधारहरु पनि भत्किएकाले राहत र उद्धारमा थप कठिन भएको छ। सीरियामा युद्धका कारण संरचनाहरु ध्वस्त भएका हुँदा झनै जटिल रहेको बीबीसीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार