होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका भूमिहीन परिवारलाई निस्सा वितरण
Breaking News

बाजुराका भूमिहीन परिवारलाई निस्सा वितरण

  • नागरिक रैबार
बाजुराका भूमिहीन परिवारलाई निस्सा वितरण

नागरिक रैबार/बाजुरा २१ कात्तिक । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा सोमबार भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासी परिवारलाई निस्सा वितरण सुरु गरेको छ ।

आयोगले जिल्लामा पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ जुकोटले आफ्नो वडाका ३८ जनालाई निस्सा वितरण गरेको छ ।

आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले भनेः‘ हामीले पहिलो पटक जुकोटका ३८ परिवारलाई निस्सा वितरण गरेका छौं । निस्सा भनेको लालपुर्जा हैन,यो लालपुर्जा बनाउँनकालागि पहिलो आधार हो।, यसपछि स्थानिय तहले सहयोग गर्‍यो भने जनताले चाँडै लालपुर्जा पाउँने छन्। तर स्थानिय तहले काम तिब्ररुपमा गरीरहेका छैनन्।’
रोकायाले थपेः‘स्थानिय तहले अन्लाईन फर्म भरेर सके र उनिहिरुले निस्सा बितरणको काम पनि सकेर नापि टोलीमाग गरेपछि मात्र हामीले नापिको टोली स्थलगतरुपमा खटाउँने छौ त्यसपछि बल्ल काम चाँडो हुँने देखीन्छ।’
आयोगका सदस्य सचिब दिनेश बिश्वकर्माले भनेः ‘अव तिहार लगत्तै अन्लाईन फर्म भरेका अन्य पालिकामा समेत निस्सा वितरणलाई निरन्तरता दिदै जाँने छौं। त्यसका लागि प्राबिधिक जनशक्तिको तयारीमा जुटेका छौं।’
स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको र सरकारले देशब्यापी रुपमा भुमिहिन जनतालाई भुमिदिनेकुरा महत्वपुणर् हाम्रो गाउँपालिकाबाट कार्यक्रको शूरुवात भयो त्यसमा भूमिआयोगलाई धेरै धन्यबाद छ। ’गाउँपालिका अध्यक्ष रोकायोले निस्सा पाउँने ब्यक्तिहरुलाई भनेः ‘कसैको विबादित नहुनेगरी आफ्नो जग्गा उपभोग गर्नु होला।, लालपूर्जा नपाउन्जेल सम्म निस्सा सुरक्षित राख्नु होला ।’
राष्ट्रिय भूमि आयोग जिल्ला समिति विज्ञ सदस्य निमेन्द्र शाहीले भनेः ‘आयोगले सक्रियताका साथ काम गरिरहेको छ । यसमा स्थानिय तहले पनि भरपुर सहयोग गरेमा हामीले नापीको लागि तुरुन्त टोली पठाउँने छौं। यस बर्ष भित्र हरेक सुकम्बासीको हात हातमा लालपुर्जा हुँने छ।, जिल्लामा भुमिहनको संख्या सुन्यमा पुगाउँने छौं ।’
स्वामिकार्तिक खापर गाउँपालिका-३ का वडा अध्यक्ष प्रेम बहादुर कटेलले भनेः‘निस्सा बितरणले हामीलाइ धेरै हौसला दिएको छ। हामीले जनताको फर्म भर्न बेला काम हुँने होकी हैन भनेर सोचेका थियौ अहिले जनताको हात हातमा निस्सा बितरण गर्न पाउँदा हामी खुसी भएका छौं ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार