होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • करका दर हेरफेरबारे सरकारको जवाफ माग्ने विपक्षीको तयारी
समाचार

करका दर हेरफेरबारे सरकारको जवाफ माग्ने विपक्षीको तयारी

  • नागरिक रैबार
करका दर हेरफेरबारे सरकारको जवाफ माग्ने विपक्षीको तयारी

काठमाडौँ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको र अनधिकृत व्यक्तिको संलग्नता भएको कुरा सञ्चारमाध्यममा आएका छन्’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘त्यसबारे छानबिन समिति बनाउनुपर्ने वा सरकारले जवाफ दिनुपर्ने भन्ने आवाज उठेको छ त्यसैकारण बैठक बस्न ढिलाइ भएको हो ।’

सभामुखसँगको छलफलमा साझा सहमति जुटाउने प्रयास भइरहेको पनि बताए । उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सहमति भएन भने सम्भवतः आज पनि बैठक अवरुद्ध हुनसक्छ ।’

विज्ञापन

यही विवादका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सवा १२ बज्दा पनि सुरु भएको छैन । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बजेटका विषयमा बोल्ने कार्यसूची समेत छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै