होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गरौँ : अध्यक्ष ओली
देश/प्रदेश

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गरौँ : अध्यक्ष ओली

  • नागरिक रैबार
उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गरौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन युवामय भएको बताएका छन् ।बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताए । ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ ओलीले लेखेका छन् ।

उनले स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरे । ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन,’ उनले भने, ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ।’

चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारलाई ओलीले शुभकामना पनि दिए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै