होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलाली क्याम्पसमा स्ववियुले सीप विकास तालिम दिने
समाचार

कैलाली क्याम्पसमा स्ववियुले सीप विकास तालिम दिने

  • नागरिक रैबार
कैलाली क्याम्पसमा स्ववियुले सीप विकास तालिम दिने

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको शिक्षासङ्गै सीप अभियान सञ्चालन गर्ने भएको छ।

स्ववियुले पढाइसङ्गै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपमूलक तालिमहरू विज्ञ प्रशिक्षकद्वारा निस्शुल्क सञ्चालन गरिने भएको हो। विभिन्न विषयमा तालिम लिन इच्छुक विद्यार्थीहरुले आफ्नो इच्छाएको एकमात्र विषय खुलाएर आवेदन दिन सूचना निकालिएको छ। तालिम लिन इच्छुक विद्यार्थीले यही श्रावण ३० गते सम्म स्ववियु कार्यालयमा या सम्पर्क व्यक्तिसँग सम्पर्क गरी नाम दर्ता गराउन सकिने स्ववियु सभापति यमराज जोशीले बताए।

हामीले विद्यार्थीहरूको जीवनमा महत्त्वपूर्ण परिवर्तन आओस् भन्ने चाहानासहित यो अभियान सञ्चालन गर्न खोजेका हौँ। यस्ता अभियान निरन्तर चलाउने सोच बनाएका छौँ, उनले भने। स्ववियुले १५ दिने लोकसेवा तयारी कमान्डो कोर्ष ९ लोकसेवाको तयारी गरिरहनु भएका र तयारी गर्ने इच्छा भएका विद्यार्थीहरूका लागि १५ दिने शिक्षक सेवा आयोग तथा शिक्षक अध्यापन अनुमतिपत्र तयारी कमान्डो कोर्ष शिक्षक सेवा आयोगको र अध्यापन अनुमतिपत्रको तयारी गरिरहेका विद्यार्थीहरूका लागि तालिमको आयोजना गरिदैँछ।

विज्ञापन

यस्तै, १५ दिने बैंकिङ तयारी कमान्डो कोर्ष, १० महिने सङ्गीत र नृत्य तालिम, आधारभूत बिजुली मर्मत तालिम, अङ्ग्रेजी भाषा प्रशिक्षण, अनुसन्धान र व्यक्तित्व निर्माण सम्बन्धि तालिम र परामर्श दिइने सभापति जोशीले बताएका छन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार