होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु
समाचार

माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु

  • नागरिक रैबार
माओवादी केन्द्रको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

आजको बैठकमा पनि झण्डै दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । ‘दुई सय जनाले बोलिसकेपछि विचार दोहोरिन्छ भन्ने हो तर बोल्न चाहेका सबैलाई समय उपलब्ध गराइन्छ’, उनले भने, ‘यदि बोल्ने क्रम आज रोकिए आइतबार अध्यक्षज्यूले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनुहुन्छ ।’शुक्रबारसम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन् । बैठकमा ७५८ जना सहभागी रहेका छन् । रातोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै