प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा भेटी सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ,’ दाहालका सहयोगी रमेश मल्लले भने ।
फेसबुक प्रतिक्रियाहरु