होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राप्रपा नआए नयाँ सरकारको भविष्य ३० दिन मात्रै
समाचार

राप्रपा नआए नयाँ सरकारको भविष्य ३० दिन मात्रै

  • नागरिक रैबार
राप्रपा नआए नयाँ सरकारको भविष्य ३० दिन मात्रै

विराटनगर । कोशी प्रदेश प्रमुखले असार २१ गते बेलुका ५ बजेसम्मका लागि नयाँ सरकार गठनको आव्हान गरेका छन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले अर्को सरकार गठनको आव्हान गरेका हुन् । विपक्षी गठबन्धन भने अझै मुख्यमन्त्री कुन पार्टीको बनाउने भन्ने विषयमा सहमत हुन सकेका छैनन् । गठबन्धन दलमा काँग्रेस, माओवादी, नेकपा एस र जसपा छन् । उनीहरूबीच हालसम्म कसले नेतृत्व गर्ने हो भन्ने सहमति भएको छैन ।

यसअघि सरकारमा सहभागी दल माओवादी केन्द्रलाई सरकारबाट फिर्ता आउन काँग्रेसले पटकपटक आग्रह गरेको थियो । काँग्रेसकै आग्रहलाई मानेर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो । तर, अहिले पहिलो चरणमा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा दुई दलबीच खटपट सुरु भएको छ ।

नेपाली काँग्रेसले काठमाडौंमा कोशी प्रदेशका पदाधिकारी बैठक बसेर काँग्रेस नेतृत्वमा सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ । ‘कोशी प्रदेशमा पहिलो पटकको नेतृत्व काँग्रेसले पाउनु पर्छ । हाम्रो दलको तर्फबाट उद्धव थापा मुख्यमन्त्रीको सर्वसम्मत उम्मेदवार हो,’ काँग्रेसका कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले भने, ‘राप्रपाले हामीलाई सहयोग गर्दैन भन्ने कुरा गलत हो । व्यक्तिगत इस्युलाई लिएर राप्रपाले सर्त राख्छ भन्ने मलाई लागेको छैन ।’

उता, माओवादी केन्द्रका सांसद गणेश उप्रेती भने काँग्रेसका कारण मध्यावधिमा जाने सम्भावना देखिएको बताउँछन् । ‘हामीले सरकारबाट छोड्यौँ, अब सभामुखले राजीनामा दिएर मुख्यमन्त्रीलाई भोट हालिदिनु पर्ने भन्ने काँग्रेसको कुरा छ । सभामुखलाई भोट हाल्न कसले बाध्य बनाउन सक्छ ? त्यो सम्भव छैन,’ उप्रेतीले भने, ‘एकातिर राप्रपाले काँग्रेस दलका नेता थापालाई मुख्यमन्त्रीमा सहयोग नै नगर्ने भनिरहेको छ । अर्कोतिर ४७ सांसद पुग्दैन । त्यसो हुँदा काँग्रेसले ३० दिनका लागि मुख्यमन्त्री बनाउन खोजेको देखिन्छ ।’ उप्रेतीले नयाँ सरकार निर्माणको दाबी गर्दैखेरि राप्रपासमेतको समर्थन लिएर जानुपर्ने बताए । ‘जसको नेतृत्वमा जान राप्रपा तयार हुन्छ । त्यसले नेतृत्व पाउने गरी छलफल गर्नुपर्छ,’ उनले भने ।

सुरुमा काँग्रेस, माओवादी, नेकपा एस र जसपाले मुख्यमन्त्री कसको भन्ने विषयमा टुङ्गो लगाउनु पर्ने थियो तर छलफल नै उल्टो भइरहेको काँग्रेस सांसद केदार कार्की बताउँछन् । ‘गठबन्धनमा पहिले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल टुङ्ग्याउनु पर्‍यो, त्यसपछि मात्रै मुख्यमन्त्री पाउने पार्टी र नेताले राप्रपासँग छलफल गर्नुपर्छ,’ कार्कीले भने ।

काँग्रेस नेता गुरुराज घिमिरेले केही दिन अगाडि सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा काँग्रेसले दलको नेता परिवर्तन गरेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने बताएका थिए । उनको यो अभिव्यक्तिले काँग्रेसभित्र तरङ्ग सिर्जना भइरहेको छ । काँग्रेसमा अहिले पनि थापा, कार्की र अमृत अर्याल मुख्यमन्त्रीको दौडमा छन् । कार्की र अर्याल थापालाई रोकेर आफैँ मुख्यमन्त्री बन्ने लाइनमा छन् । दलको नेता चयनका लागि भएको निर्वाचनमा थापाले १८ मत पाउँदा कार्कीले ९ र अर्यालले २ मत पाएका थिए । पार्टी सभापति देउवाको समर्थनमा दलका नेता बनेका थापा काँग्रेस नेता कृष्ण सिटौला निकट हुन् । तत्कालीन परिस्थितिमा दलको नेता बनाइए पनि थापाले प्रभावकारी नेतृत्व गर्न नसकेको भन्दै देउवा पक्षकै कतिपय सांसदहरू उनको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् ।

मुख्यमन्त्री बन्न कसलाई सहज ?

सत्ता परिवर्तनको खेल भइहालेको खण्डमा मुख्यमन्त्री बन्न कसलाई सहज होला भन्ने विश्लेषण पनि सुरु भएको छ । प्रदेश सरकार कसरी र कस्तो बनाउने भन्ने विषयमा केन्द्रमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन आवश्यक छ । तर, कोशी प्रदेशसभाको समीकरण जटिल रहेका कारण कसले कति पहल गर्छ भन्ने कुराले नै नेतृत्व निर्धारण गर्नेछ ।

एमाले नेतृत्वको सरकार ढलेको खण्डमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका नेता आङ्बो मुख्यमन्त्रीका दाबेदार हुन् । कांग्रेस दलका नेता थापा मुख्यमन्त्री बन्ने अवस्थामा कांग्रेसबाटै असहयोग हुने देखिन्छ । नेता कृष्णप्रसाद सिटौला पक्षका थापालाई शेखर कोइराला पक्षका नेताहरू केदार कार्की तथा देउवा खेमाका अमृत अर्यालले असहयोग गर्ने स्रोत बताउँछ ।

थापा नै मुख्यमन्त्री बन्ने अवस्थामा राप्रपालाई पनि सरकारमा सहभागी गराउन नसक्ने काँग्रेसकै नेताहरू बताउँछन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्ण सिटौलाबीच राम्रो सम्बन्ध छैन भने काँग्रेस नेता सिटौलासँगकै टकराबका कारण काँग्रेस छाडेका भक्ति सिटौला राप्रपा संसदीय दलका नेता छन् । त्यति मात्रै होइन काँग्रेस नेता सिटौला राप्रपा अध्यक्ष लिङ्देनका सधैँका प्रतिस्पर्धी हुन् । त्यही कारण पनि सिटौलाका विश्वासपात्र रहेका थापालाई लिङ्देनले मुख्यमन्त्री बनाउन समर्थन गर्ने सहज अवस्था अझै देखिएको छैन । उता, नेकपा एकीकृत समाजवादीले भने माओवादी नेता आङ्बोलाई निःशर्त मुख्यमन्त्रीमा समर्थन गरिसकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै