काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सेप्टेम्बर अर्थात भदौ महिनामा छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले आगामी सेप्टेम्बरमा चीन भ्रमण गर्ने खुलासा गरेका हुन् ।सोमबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए ।
‘प्रधानमन्त्रीजीको चीन भ्रमण हुँदैछ । सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, मन्त्री साउदको भनाइ छ । उनले उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको भन्दै चिनियाँ विकासको छलाङलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए ।प्रधानमन्त्री दाहाल जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा गएका थिए । राताेपाटी बाट
फेसबुक प्रतिक्रियाहरु