नागरिक रैबार/बाजुरा १६ असार।बाजुरा उद्योग बाणिज्य संघले मार्तडी बजारको सरसफाई गरेको छ । स्वच्छ सफा सहर, उद्योग बाणिज्य संघको रहर भन्ने उद्देश्यका साथ बाजुरा उद्योग बाणिज्य संघले मार्तडी बजारको सरसफाई गरेको हो ।
बाजुराको मुटुका रुपमा रहेको सदरमुकाम मार्तडी बजारमा दिनप्रतिदिन फोहर बढ्दै गएपछि बजारलाई सफा र स्वच्छ बनाउन उद्योग बाणिज्य संघको नेतृत्वमा बजारको सरसफाई गरिएको हो ।
गर्मियाममा विभिन्न किसिमका रोगहरु फोहरकै कारण लाग्न सक्ने खत्रा भएकाले बजार सरसफाई गरेको बाजुरा उद्योग बाणिज्य संघले जनाएको छ ।
मार्तडी बजारलाई सफा र सुन्दर बनाउन शनिवार बाजुरा उद्योग बाणिज्य संघका पदाधिकारी, स्वास्थ्य कार्यालय, बडीमालिका नगरपालिका, मार्तडी वजार व्यवस्थापन समिति, पत्रकार महासघ बाजुरा, जयमालिका यातायत प्रालि लगायत व्यापारीहरुले मार्तडीको लोकतान्त्रिक चोक, खुलामंच, डिभिजन वन कार्यालय अगाडीको नाला हुँदै मालिका मावि नजिकै बग्ने नाला, डिआर मष्ट नजिकै र दुनीहाटबजारमा सरसफाई गरिएको बाजुरा उद्योग बाणिज्य संघ बाजुराका कार्यकारी सचिव टेकबहादुर धामीले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु