होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण्टीमात्रै हो: रवि लामिछाने
Breaking News

रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण्टीमात्रै हो: रवि लामिछाने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण्टीमात्रै हो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी देशकै ठूलो पार्टी बन्ने बताएका छन्।शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने उनले बताए।

यस्तै विज्ञता प्रस्तुत गरौं, मुलुकको सेवा गरौं भन्नेहरूका लागि पार्टीमा ठाउँ राखेको बताए।‘म कहाँ गएर मेरो विज्ञता प्रस्तुत गरौं, कहाँ गएर यो मुलुकको सेवा गरौं भनेर सोचिरहनुभएका सबैका लागि हामीले ठाउँ राखेका छौं। र म यहाँहरूलाई संकेत मात्रै गर्न चाहन्छु कि कयौं यस्ता क्षमतावान व्यक्तित्वहरू यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न तयार बस्नुभएको छ,’ उनले भने, ‘निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ। र यो संकेत हो। कि राष्ट्र स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ।’

यस्तै यो जनाउ घण्टी मात्रै भएको पनि उनले बताए।‘यो जनाउ घण्टी मात्रै हो। डा. स्वर्णिम वाग्ले, रमेश खरेलसँगैको यो प्रेस भेटघाट कार्यक्रममार्फत आम नागरिकलाई जानकारी दिने आजको यो कार्यक्रम त्यो आउँदै गरेको हजारौं क्षमतावान मानिसहरू जोडिन आँटेको कुराको जनाउ घण्टी मात्रै हो। सम्पूर्ण होइन,’ उनले भने।

विज्ञापन

यस्तै स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउन नहुने पनि उनले बताए।वाग्ले तनहुँ क्षेत्र नम्बर १ र खरेल बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्दैछन्। यता सभापति लामिछाने भने चितवन क्षेत्र नम्बर २बाट उपनिर्वाचन लड्न लागेका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै