होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जगन्नाथकाे विकास देखेर विपक्षी दलहरु आत्तिएका छन् : अध्यक्ष शाही
देश/प्रदेश

जगन्नाथकाे विकास देखेर विपक्षी दलहरु आत्तिएका छन् : अध्यक्ष शाही

  • नागरिक रैबार
जगन्नाथकाे विकास देखेर विपक्षी दलहरु आत्तिएका छन् : अध्यक्ष शाही

नागरिक रैबार/बाजुरा १८ चैत्र ।।बाजुराको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिका भित्र तिव्र गतिमा विकासका कामहरु हुदै गएकोले यसलाई रोक्न गठबन्धनका दलहरु सक्रिय भएर लागेको आरोप लगाएका छन् ।

शुक्रबार गाउँपालिकाको कार्यालय जुड्डीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले चैत्र ८ गते गठबन्धनमा आवद्ध दलहरुले विभिन्न आरोप लगाउँदै दिएको ध्यानाकर्षण पत्र विकासका कामहरु रोक्ने षडेन्त्र भएको बताए ।

२०७४ को निर्वाचनबाट एमालेको सरकार निर्वाचित भएर आएदेखि नै विपक्षी दलहरुले विकासका काममा अवरोध सृजना गर्दै आएको जगन्नाथ गाउँपालिकाको दावी छ ।

विज्ञापन

चैत्र ८ गते गाउँपालिका भित्र रहेका गठबन्धनका तीन वटा राजनीतिक दलले विभिन्न आरोपसहित दिएको २७ बुँदे ध्यानाकर्षण पत्रको जवाफ दिन गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत प्रष्ट पारेको हो ।

गठबन्धन दलका नेताहरुले दिएको २७ बुदे ध्यानाकर्षण पत्रमा उल्लेख भएका बुँदाहरु गाउँपालिकाको समग्र विकासमा बाधा पुर्याउने षणेन्त्र मात्रै भएकोले पालिकाबासीहरुले यस्ता तथ्यहिन कुराको पछि नलाग्न अध्यक्ष शाहीले पालिकाबासीलाई आग्रह गरेका छन् । उनले भने जगन्नाथकाे विकास देखेर विपक्षी दलहरु आत्तिएका छन् ।

गाउँपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले आफुमाथि र समग्र पालिकामाथि लगाएका आरोपहरुको प्रमाण सहित ल्याउन गठबन्धनका दलहरुलाई चुनौती दिएका छन् । उनले स्थानीय सरकार संचालन ऐन बमोजिम नै गाउँपालिकामा तिव्र गतिमा काम भईरहेको अध्यक्ष शाहीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

गाउँपालिकामा पहिलो कार्यकाल सकिएर र दोस्रो कार्यकालसम्म सम्हालिरहँदा राजनीतिक आस्थाका आधारमा नहेरी समग्र गाउँपालिकाको विकासमा केन्द्रित भएर लागिरहेको अध्यक्ष शाहीले दावी गरेका छन् ।

चैत्र ८ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट पालिका स्तरीय कमिटीले सयुक्त रुपमा बुझाएको २७ बुँदे ध्यानाकर्षण पत्रको जवाफ पत्रकार सम्मेलन मार्फत दिएको प्रवक्ता गणेशराज गिरीले बताएका छन् । पत्रकार सम्मेलनमा एमालेको सरकार निर्वाचित भएर आएपछि भए गरेका विकासका सकारात्मक कामको बारेमा समेत जानकारी गराईएको थियो ।

जसमा वडा नम्वर ४ को दलित बस्तीमा घटालमष्टा आधारभुत विद्यालय स्थापना, जुड्डीमा १० शैयाको अस्पताल भवन निर्माण र एमविविएस डाक्टरसहितको सुविधा, अध्यक्ष रोजगार कार्यक्रम संचालन गरी व्यरोजगारलाई रोजगारी दिइएको छ । त्यस्तै सवै वडामा वर्थिङ सेन्टर स्थापना, प्रत्येक टोलमा सडक, सिंचाई, खानेपानी सुविधा, शिक्षाको सुधारका लागि अपुग शिक्षक भएका विद्यालयमा स्वंयसेवक शिक्षकको नियुक्ति गरिएको, सवै विद्यालयमा कम्प्युटर ल्यावको व्यवस्थापन, उच्च शिक्षा अध्ययनका लागि प्राविधिक धारका विद्यार्थीलाई छात्रवृतिको व्यवस्था लगायत सेवाहरु देख्न नसकेर गठबन्धनमा आवद्ध दलहरुले पालिकाको वदनाम गर्न र विकासका काममा बाधा पुर्याउन २७ बुदे ध्यानाकर्षण पत्र दिईएको पालिकाको भनाई छ ।

गठबन्धनमा आवद्ध दलहरुले विभिन्न आरोप लगाएर चैत्र ८ गते दिएको ध्यानाकर्षण पत्रको सत्यतथ्य बाहिर ल्याउन आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लामा आवद्ध क्रियाशिल पत्रकारहरु सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार