नागरिक रैबार/बाजुरा १७ माघ। बाजुरा जिल्लाका सामुदायिक विद्यालयहरु माघ महिनाभर भौतिक उपस्थितिमा संचालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय बाजुराले निणर्य गरेको छ ।
आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोभिड-१९ तिव्र रुपमा फैलिरहेको दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाका सामुदायिक विद्यालय माघ महिनाभर भौतिक उपस्थितिमा नखोल्न निणर्य गरेको हो ।
त्यस्तै विद्यालयले शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाईको विधिहरु अपनाई संचालन गर्ने गराउने र जिल्लास्थित सवै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
त्यस्तै विद्यालयको शिक्षण क्रियाकलाहरु बन्द भएपनि शिक्षकहरुले अनिवार्य रुपमा विद्यालयमा हाँजिर हुनुपर्ने जिल्ला प्रशासनको आज बसेको बैठकले निणर्य गरेको छ । जिल्लामा कोभिड-१९ को संक्रमण तिव्र रुपमा फैलिएसंगै कोरोना संक्रमितहरुको संख्या समेत बढ्दै गएको पाईन्छ ।
फेसबुक प्रतिक्रियाहरु