होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनलाइन जुवा खेलिरहेका ७४ जनालाई पक्राउ
समाचार

अनलाइन जुवा खेलिरहेका ७४ जनालाई पक्राउ

  • नागरिक रैबार
अनलाइन जुवा खेलिरहेका ७४ जनालाई पक्राउ

धनगढीः काठमाडौंको बौद्धस्थित एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका ६ बौद्धस्थित प्लटिङ नजिक दोलखा घर भइ हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनीहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको जानकारी दिए।

सरकारले कोभिड महामारीका कारण एक ठाउँमा २५ जनाभन्दा बढि भेला नहुन आदेश जारी गरेको छ। तर उनीहरु भने ७४ जना एकैठाउँमा जम्मा भएर खेलिरहेको पाइएको छ। अनलाइन जुवामा प्रयोग भएका मोवाइल, बिङ्गो खेल्न प्रयोग हुने कुपन र नगद पनि प्रहरीले बरामद गरिसकेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार