होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहमन्त्रीले गरे १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन
समाचार

गृहमन्त्रीले गरे १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन

  • नागरिक रैबार
गृहमन्त्रीले गरे १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण बारेमा जानकारी लिएको प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीत लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए । सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिनुभएको बताए ।

विज्ञापन

‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड–१९ को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिनुभयो’, उपरीक्षक काफ्लेले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार