होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
समाचार

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

  • नागरिक रैबार
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए ।

घाइते कार्कीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार