होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक
समाचार

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

  • नागरिक रैबार
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

१७ माघ, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

आयोगले नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।

विज्ञापन

आयोगले प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा उम्मेद्वारहरुले पुनर्योग गर्नको लागि निवेदन दिन सक्ने जनाएको छ।

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा हिमालयन बैंकमा जम्मा हुने गरी एक हजार दस्तुर बुझाएको नकल भौचर संलग्न राखी आज अपरान्ह ५ बजेभित्र आयोगमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै