होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई २० वर्ष कैद
समाचार

७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई २० वर्ष कैद

  • नागरिक रैबार
७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई २० वर्ष कैद

धनगढी: कैलालीमा ७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई उच्च अदालत दिपायलले २० वर्ष कैदको सजाय सुनाएको छ। अस्मिता (नाम परिवर्तित) को जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कैलाली जिल्ला अदालतले एक वर्ष ५ महिना कैद र १५ हजार जरिमानाको सजाय सुनाएको थियो।

तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै सो मुद्दामा २० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ। सौतेलो बुवाले ७ वर्षीया नाबालिकालाई घरमा कोही नभएका बेला बारम्बार जबरजस्ती करणी र हाडनाता करणी गर्ने गरेको भन्ने जाहेरीमा जिल्ला अदालत कैलालीले हाडनाता करणीमा दावी नपुग्ने भन्दै जबरजस्ती करणीतर्फ मात्रै मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(३) बमोजिम १ वर्ष ५ महिना कैद गरेको थियो।

आइतबार उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश कुँवर र न्यायाधीश थापाको संयुक्त इजलासबाट मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(३)(क) बमोजिम गरी नयाँ फैसला भएको उच्च अदालत दिपायलले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै