होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अस्ताईन् परिवारको सहारा एयर होस्टेस किस्मी
समाचार

अस्ताईन् परिवारको सहारा एयर होस्टेस किस्मी

  • नागरिक रैबार
अस्ताईन् परिवारको सहारा एयर होस्टेस किस्मी

धनगढीः स्याङ्जा चापकोटकी किस्मी थापा एयर होस्टेस हुँदा उनकी आमा विष्णुदेवी औधी खुशी भएकी थिइन्। गाउँघरमा किस्मीकै चर्चा हुन्थ्यो। त्यसले विष्णुदेवीको हर्ष बढेको थियो। तर, आइतबार मुस्ताङमा भएको तारा एयरको ट्वीनेटर जहाज दुर्घटनाले उनका सबै खुशीहरू खोसिदिएको छ।

२६ वर्षीया किस्मीसहित जहाजमा सवार २२ यात्रु र चालक दलका सदस्य मुस्ताङको मानापाथी हिमालछेउ मुलखर्कमा सदाका लागि अस्ताए। किस्मीले काठमाडौंमा बसेर हवाई करिअर अघि बढाईरहेकी थिइन्। पाँच वर्षदेखि उनी तारा एयरमा कार्यरत थिइन्। उनी मनिषा थापाका नामबाट परिचित थिइन्। दुई भाइको पढाइ खर्च धानेकी किस्मी आमा विष्णुदेवीको दाहिने हात थिइन्।

छोरी उडेको जहाज सम्पर्कविहीन भएको खबर पाउँदा विष्णुदेवी छाँगाबाट खसेझै भइन्। उनलाई सम्हाल्न निकै मुस्किल भयो। उनी रुँदै पोखरा पुगेकी छिन्। सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि तारा एयरले परिवारलाई शिक्षण अस्पताल काठमाडौं बोलाएको छ। ‘शव लिन बोलाएको होला बोलाएको’ किस्मीका मामाका छोरा दिवस रम्तालले भने, ‘काठमाडौं जाने कि यतै पर्खिने सल्लाह गर्दैछौं।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै