धनगढीः वीरगञ्जमा मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको आरोपमा तीन जना समातिएका छन्। तीमध्ये एक जना महिला पनि हुन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ स्थित एउटा रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह र ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी हुन्। वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साहले गत सोमबार काठमाडौंकी २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभनमा वीरगञ्ज लगेका थिए। बसपार्कस्थित एउट होटलमा पुर्याएपछि ती युवतीलाई उनले धेरै पटक जबरजस्ती करणी गरे। त्यसपछि युवतीलाई कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाएर भागे।
बुढाथोकीले पनि अब यसले ‘विवाह गर्छ‘ भनेर झुठोे आश्वासनमा हरिश्चन्द्रनाथ योगीको साथमा युवतीलाई पठाइन्। त्यसपछि योगीले पनि पीडितलाई आफ्नो कोठामा लगेर मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उक्त घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरुलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको हो। अहिले उनीहरुमाथि आवश्यक अनुसन्धान थालिएको बताइएको छ।
फेसबुक प्रतिक्रियाहरु