होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पाठयपुस्तक वितरणमा भएको ढिलाइको छानबिन गर्न अखिल क्रान्तिकारीको माग
देश/प्रदेश

पाठयपुस्तक वितरणमा भएको ढिलाइको छानबिन गर्न अखिल क्रान्तिकारीको माग

  • नागरिक रैबार
पाठयपुस्तक वितरणमा भएको ढिलाइको छानबिन गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । विद्यालयमा पाठ्यपुस्तक पठाउन भएको ढिलाइप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारीले त्यसको छानविन गर्न माग गरेको छ।

अखिल क्रान्तिकारीले सोमबार बिहान विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई मन्त्रालयमा भेटेर ज्ञापन पत्र बुझाएको हो ।

मन्त्री पौडेललाई बुझाइएको ज्ञापन पत्रमा आवश्यक पर्दा निजी क्षेत्रको पनि सहयोग लिएर पाठ्यपुस्तक बुझाउन माग गरिएको छ। ‘माननीय मन्त्री ज्यू समक्ष यो ढिलाइको कारण पत्ता लगायर यो हदसम्मको हेलचक्राइ वा बदनियतको छानबिन गरि दोषीउपर कारबाहीको माग गर्दर्छौं,’ ज्ञापन पत्रमा भनिएको छ, ‘केन्द्रले अझ पनि २० लाख पाठ्यपुस्तक छपाईको काम बाँकी रहेको भन्ने बुझिन आएको छ। पाठ्यपुस्तक बिना विद्यार्थीको अध्ययन पूर्ण हुन सक्दैन ।’

विज्ञापन

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राज्यका सबै क्षेत्रहरु (आवश्यक पर्दा निजि क्षेत्र)को पनि सहयोग लिएर भए पनि यथाशक्य देशै भरिका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री पुर्याउने वातावरण बनाउन जोडदार माग गर्दछौं ।’

हेर्नुहोस् ज्ञापनपत्र

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार