होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वालेन्द्र साहको पहिलो निर्णय – नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने
समाचार

वालेन्द्र साहको पहिलो निर्णय – नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने

  • नागरिक रैबार
वालेन्द्र साहको पहिलो निर्णय – नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

‘२-४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छ; छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो,’ साहले भने, ‘फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।’

विज्ञापन

यसअघि उनले एक समारोहमा पदको शपथ लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै