होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप
समाचार

बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

  • नागरिक रैबार
बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो ।

शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो । उनले भने, “नौ स्थानीय तहमा भ्याक्सिन पठाएर प्राविधिकले खोप लगाउँदै छन्, शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको हो । अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गर्छौँ । ”

राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ । प्रत्येक पालिकामा सात हजार डोज खोप पठाइएको छ । गत वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ । बाख्रालाई पिपिआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो ।

विज्ञापन

बाख्रालाई पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल र सिँगान बगाउने, उच्च ज्वरो आउने लक्षण देखा पर्छ । अन्त्यमा बाख्रा मर्ने गर्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै