होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
समाचार

चुनाव रोक्न यी खेल

  • नागरिक रैबार
चुनाव रोक्न यी खेल

काठमाडौं, १६ माघ । सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने व्यवस्था भएअनुसार प्रक्रिया बढाइँदैछ ।

सरकारले चुनाव घोषणा गरेपनि रोक्ने विभिन्न कोणबाट खेलहरु भइसकेका छन् । चुनाव रोक्न अदालतमा मुद्दा दायर गर्ने तयारी समेत भएको छ ।
विश्वस्त स्रोतका अनुसार दल विशेषको चाहना अनुसार स्थानीय निकायका जनप्रतिनिधिमध्ये २०७४ जेठपछि निर्वाचित भएकाहरुले पाँच वर्ष कार्यकाल पूरा नभएको भन्दै मुद्दा दायरको तयारी गरेका छन् । मुद्दा दायर भएर अन्तरिम आदेश जारी भएमा निर्वाचनमा अवरोध आउन सक्छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्रको चुनाव चिन्हबारे पनि अदालतमा मुद्दा दायर हुने सम्भावना छ । निर्वाचन अयोगले राष्ट्रिय जनावर गाई चुनाव चिन्ह बनाएको भन्दै राप्रपालाई पुनरावलोकनका लागि पत्र लेखिसकेको छ । उसको विधानमा हिन्दुराष्ट्र र राजसंस्था उल्लेख भएकोमा हटाउन समेत पत्रमा उल्लेख छ ।

विज्ञापन

यो विषय अदालतमा पुगेर अलमल भएमा पनि चुनावमा अवरोध आउनसक्छ । अदालतमा मुद्दा दायर गरेर योजनावद्ध तरिकाले चुनाव रोक्ने खेलहरु भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै