बाजुरा जिल्लाका ६९ वटै वडामा मंसिर ४ र १० गतेगरी प्रतिनिधि सभा र प्रदेश सभाका लागि चुनाव त सम्पन्न भयो ।तर, लफडा सकिएन । बरू मंसिर ४ मा त्रिवेणी ७ का दुईजना स्थानीयको वेमतलब ज्यान गयो । दर्जनौं घाइते भए ।
लगभग एक हप्ता तीनकै मौतले जिल्ला नै बन्द जसो भएर जनजीवन कष्टकर रह्यो । बाजुराली नागरिकमा त्रासदी छायो, छाईरहेको छ अझपनि । यसै १० बाह्रजना अहिलेपनि प्रहरीको नियन्त्रणमा छन, आन्दोलनकारीहरू ।
देशमा चुनाव सकेर दलहरू सरकारको जोडघटाउमा व्यस्त भइरहे पनि बाजुरामा भने प्रमुख भनिएका नेकपा एमाले र नेपाली काँग्रेसजस्ता दलहरूले नै जिल्लाका कतिपय ठाउँमा चुनाव निष्पक्ष नभएको दावी गर्दै निर्वाचन आयोगमा उजुरी दिए । आयोगको प्रतिक्रिया शन्यू छ, यसमा । दलका आफ्ना अडान कायमै छन ।
नेपाली काँग्रेसले बुढिगंगा नगरपालिका वडा नं. १, २, ३ र ९, गौमुल गाउँपालिका वडा नं.१, बुढिनन्दा नगरपालिका वडा नं. ४ र १० अनि जगनाथ गाउँपालिका वडा नं. ५ गरी जम्मा ८ वटा ठाउँमा एमालेले मतदान केन्द्र कब्जा गरेको आरोप लगाएको छ ।
त्यसै गरी नेकपा एमालेले पनि १६ वटा ठाउँमा निष्पक्ष चुनाव नभएको र काँग्रेसले पुरै बुथै कब्जामा राखी एकलौटी मतदान गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
एमालेको उजुरीमा त्रिबेणी नगरपालिका वडा नं. २ ,३, ७ र ८, खप्तड छेडेदह गाउँपालिका वडा नं. २ र ४, बुढिगंगा नगरपालिका वडा नं. ४, ७ र ८, बुढिनन्दा नगरपालिका वडा नं. ५, ७, र ९, हिमाली गाउँपालिका वडा नं. ४, स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ र जगनाथ गाउँपालिका वडा नं. २ र ४ वडा गरी जम्मा १६ वटा मतदान केन्द्र काँग्रेसले कब्जा गरेको आरोप नेकपा एमालेले लगाएको छ ।
यसरी दुई दलको आरोप प्रत्यारोपले जिल्लामा अब पुनः मतदान गर्ने कि गणना गर्ने भन्ने विषय निर्वाचन आयोगको निणर्य पर्खिरहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भएको छ ।
माथि भने झैँ मतदानकै थोरै तथ्यांकै राखेर नियाल्दा पुरै देशमा लगभग ६१% मतमात्र खसेको भनी निर्वाचन आयोगले जनाईरहँदा बाजुरा जिल्लामा भने ७१ दशमलव ९८ प्रतिशत मत खसेको छ । यहीँ मंसिर ४ र १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा बाजुराका ८३ हजार ५ सय ६७ मतदाता मध्ये ६० हजार १ सय ६५ जनाले मतदानन गरेका छन् । यसरी ओवरल रूपमा मतदानको प्रतिशतलाई हेर्दा उसैपनि १० एघार प्रतिशत यो बढी नै हो,बाजुराको । झन ७४ सालमा त ८२% मत खस्यो,बाजुरामा ।
यसपालि त झन बुुढीगंगा २ (क) मा जहाँ ७ सय कूल मतदाता रहेको त्यहीँ केन्द्रमा ६८८ अर्थात ९८ दशमलव २९ प्रतिशत मत खसाइएको छ । सोही ठाउँको (ख) मा पनि लगभग त्यही अवस्था छ । त्यो मतदान केन्द्रमा कसरी त्यति मत खस्यो र कुन उम्मेदवारको प्रत्यक्ष निर्देशनमा भयो ? त्यो नामै लेख्नै परेन नि ! कि पर्ने हो ? या त यति भने पुुग्छ नि हैन ? यस्तै, खप्तड छेडेदहस्थित मालिका मावि गाज्रा मतदान केन्द्र कुुन उम्मेदवारको वर्चश्व भएको ठाउँ हो ? जहाँ ८४ दशमल ६५ अर्थात ८२१ जनामा ६९५ मत खस्यो ।
यत्ति मात्रै कहाँ हो र ? बुढीगंगा नगरपालिका ९ त्रिशक्ति मावि कुन उम्मेदवारको केन्द्र हो भन्ने पनि हामी सबैलाई थाहै छ । जहाँको (ख) केन्द्रमा ९५ दशमलव ३५ प्रतिशत अर्थात ७७४ कूल मतदातामा ७३८ खसाइएको छ । यस्तै हिमाली गाउँपालिका ४ शैलेश्वरी मावि मतदानस्थल कसको नियन्त्रित मतदानस्थल हो ? जहाँ ९६ दशमलव ६५ प्रतिशत अर्थात ९२६ मा ८९५ मत खसाइएको छ ।
यो त एक संक्षिप्त तथ्यांक मात्रै न हो ।
बाजुरा जिल्ला पुरै केलाएर भनौँ भने हदैसम्मको लाज मर्दो कुरा हुनसक्छ । बाजुरा जिल्लामा मान्छे नमरेका पनि छैनन । तिनका नेता कार्यकर्ताले मरेका मान्छे तीनका फोटासहित हालेर दुनीयाँ भरबाट हार्दिक श्रद्धाञ्जली बटुलेका बटुले हुन्छन् । देखिएकै कुरा त हो ।
देशविदेश नगएका साहेदै गाउँ टोल होलान् । प्रायःका कोही न कोही मान्छे घरबाहिर छन् । उसैपनि सुदूरपश्चिमका पहाडी जिल्लाका मान्छे भारत जानेको दिनका दिनको लर्को बनबाँस र गौरी फण्टा या झुलाघाटतिर हेरे भैगो त ।
बाजुरामा कोही सरकारी,गैरसरकारी तथा सेना प्रहरीलागएत तमाम राष्ट्र सेवक कर्मचारीहरू पनि छन् । उनीहरूलाई सिरफ समानुपातिक मत दिने हक कानुनले दिएको छ । तर, चुनावका बेला मतदाता सुचीमा नाम भए गरेका ज्युँदा मरेका सबका सबको प्रत्येक्षमा भोट हालिएको हुन्छ । यतिसम्म कि हामी चुनाव बहिस्कार गरी घर बस्नेहरूका समेत भोट हालिएका भेटिए ।
उदाहरणनै दिन्छु- मेरी आमा वितेको लगभग डेढ दुई वर्ष हुन लाग्यो । तर, मेरी मरेकी आमाले पनि भोट खसालिछन् मालिका मावि मार्तडीमा । हैट ! दलाल संसदीय निर्वाचनको यो तहको हत्कण्डा कमता लाजमर्दो छ ? यो दलाल संसदीय निर्वाचनलाई छि ! छि ! भन्नू बाहेक अरू हामीशीत तत्काल विकल्प थिएन । घृणा गर्यौ । बहिष्कार गर्यौँ ।
त्यसकारण पनि अब हामी यो व्यवस्थाकै विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्नमा होमिएका छौँ । आउनुस् सुरू गरौँ । वैज्ञानिक समाजवादी यात्रा..
लेखक: प्रेमबहादुर विक जात व्यवस्था उन्मुलन मोर्चा– नेपालका केन्द्रीय सदस्य हुन ।
फेसबुक प्रतिक्रियाहरु