होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • आज सुदूरपश्चिममा भारी वर्षा हुने
प्रदेश ७

आज सुदूरपश्चिममा भारी वर्षा हुने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आज सुदूरपश्चिममा भारी वर्षा हुने

धनगढी: सुदूरपश्चिममा सोमबार भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। गएरातिदेखि नै सुदूरपश्चिममा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ। देशैभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिमसहित लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै